
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौँ । युनाईटेड इदी मर्दी एण्ड आर.बि. हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीको वैशाख गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको बाह्रौँ वार्षिक साधारण सभा जेठ १४ गते, शनिबार आभ्या क्लब, घारीपाटन–१७, पोखरा, कास्कीमा बिहान ११ बजेदेखि सुरू हुने जनाइएको छ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरणसहितको वित्तीय विवरणहरु (अनुसूचीहरु समेत) छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८।०७९ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एंव निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरू पारित गरिनेछ ।
त्यसैगरी, कम्पनीले साधारण सभा प्रयोजनका लागि वैशाख ३० गते बुकक्लोज गर्ने निर्णय गरेको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij