
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौँ । वैशाख ३० गते तय भएको स्थानिय तह निर्वाचनका लागि ललितपुरमा सत्तागठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सञ्चालन गरिरहेका छन् । घरदैलोमा संयुक्त ब्यानर लिएर हिँडेका नेता / कार्यकर्ताले भोट पनि रुख चिह्न र हसिँया हथौडामा मागिरहेका छन् ।
बिहान र बेलुकी घरदैलो गर्ने दिउँसो सामुहिक भेटघाट गर्ने गरी चुनावी प्रचारलाई व्यवस्थित गरिएको उक्त घरदैलो अभियान वैशाख २७ गतेसम्म चल्ने जनाइएको छ ।
सत्तागठबन्धनबाट मेयरमा चिरीबाबु मर्हजन, उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य छन् । मेयर र उपमेयरसहित गठबन्धनबाट वडा सदस्यका उम्मेदवारहरु समेत संयुक्त घरदैलो अभियानमा छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij