
May 21 2025 | २०८२, जेठ ७ गते
काठमाडौं । काठमाडौं महानगरपालिकाको एउटै वडामा १९ हजार मतदाता रहेका छन् । देशमै सबैभन्दा धेरै मतदाता भएको स्थानीय तह काठमाडौं महानगरपालिकाको एउटै वडामा यतिधेरै संख्यामा मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं महानगरपालिका–३२ कोटेश्वर क्षेत्रमा पर्ने यो वडामा १८ हजार ९ सय १३ मतदाता छन्। ०७४ सालमा ११ हजार ५ सय ५९ मतदाता रहोकोमा यस वर्ष ७ हजार ३ सय ५४ मतदाता थपिए। यो वडामा ९ वटा मतदान केन्द्र तोकिएको छ। सबैभन्दा धेरै सरस्वती मावि मतदान केन्द्रमा ४ हजार २५६ मतदाता छन् । यस्तै आवास क्षेत्रको खेल मैदानमा ३ हजार ४ सय ३१ जना, कोटदेवी इङलिस बोर्डिङ स्कुलमा २ हजार २ सय ६१ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
यो वडामा वडाध्यक्षका ७ जना र वडा सदस्यमा समेत गरी २६ जना उम्मेदवार छन् । नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार छैनन् । नेकपा माओवादी केन्द्रबाट राम भारती, नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुली, राप्रपाबाट विष्णुप्रसाद गजुरेल, जसपाबाट नमिता देव, विवेकशील साझा पार्टीबाट रवि रिमाल र स्वतन्त्रबाट ठगमाया कटवाल वडाध्यक्ष पदका उम्मेदवार रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij