
May 21 2025 | २०८२, जेठ ७ गते
ललितपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप नगरपालिकाको मेयरको उम्मेदवार नरेशबाबु श्रेष्ठलाई बहुचर्चित राष्ट्रिय कलाकारहरुले जीतको शुभकामना दिएका छन् । उनीहरुले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत् श्रेष्ठलाई जीतको शुभकामना दिएका हुन् ।
शुभकामना दिनमा चर्चित लोक गायक बद्री पंगेनी, अर्की चर्चित् गायिका प्रिति आले रहेकी छन् । त्यस्तै चर्चित नृत्य निर्देशक शंकर बिसीले पनि शुभकामना दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को रामेछाप नगरपालिकाको संयुक्त उम्मेदवारको रुपमा रहेको श्रेष्ठलाई राष्ट्रिय लोक दोहीका हस्तिहरुले जीतको शुभकामना दिएका हुन् ।
रामेछापमा नरेशबाबु श्रेष्ठ अन्य उम्मेदवारभन्दा अब्बल छन् । उनी पारदर्शी, इमान्दार, प्रष्ट वक्ता र जनताको समस्यामा सारथीको रुपमा स्थापित नेता हुन् । लोक गायनको क्षेत्रमा समेत उतिकै परिचित श्रेष्ठलाई अधिकांश स्थापित कलाहरुले सुभेक्षा प्रकट गरेका छन् । श्रेष्ठ व्यापारिक क्षेत्रमा पनि उतिकै परिचित व्यक्ति हुन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij