
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौं । लुटपाट पश्चात हत्या गरी फरार रहेका २ अभियुक्त पक्राउ परेका छन् । सिन्धुली दुधौली नगरपालिका-१ डकाहा घर भएका २६ वर्षीय प्रकाश तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई तिमिल्सिना लगाएतका दुई जना पक्राउ परेको हो ।
वैशाख २ गते लुटपाट पश्चात हत्या गरी फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा चुमनुब्री गाउँपालिका-३ जगतबाट प्रकाशलाई पक्राउ गरेको हो । उनलाई कानुनी कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भुमा पठाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij