Logo

Jun 20 2025 | २०८२, असार ६ गते

Jun 20 2025 | २०८२, असार ६ गते

निर्वाचन आयोगले सोध्यो स्थापितलाई स्पष्टीकरण

निर्वाचन आयोगले सोध्यो स्थापितलाई स्पष्टीकरण

  • काठमाडौँ । महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले आज सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो ।

    images
    images
    images

    निर्वाचन आयोगको कानून तथा राजनीतिक दल महाशाखाका सहसचिव यज्ञ भट्टराईका अनुसार स्थापितलाई चौबिस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले भनेका छ ।

    images

    केही दिनअघि स्थापितले धुम्बाराइस्थित नेशनल कलेजमा आयोजना गरिएको एक अन्तरक्रिया कार्यक्रममा प्रश्न सोध्ने महिलामाथि गरेको व्यवकारलाई लिएर स्पटीकरण सोधिएको आयोगले जनाएको छ । कार्यक्रममा स्थापितले एक महिलाले उनीमाथि लागेको ‘मिटु’ का बारेमा प्रश्न गरेपछि आक्रोशित हुँदै ‘यु आर ब्युटीफुल लेडी, तर थुतुने ठिक भएन’ भन्ने जवाफ फर्काएका थिए । 

    आयोगले सोही विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाउँदै स्पष्टीकरण सोधेको र पत्र बुझेको चौबिस घण्टा भित्र स्थापितले स्पटीकरण आयोग समक्ष बुझाउनुपर्ने आयोगले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij