Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

वर्षाका कारण दोस्रो टी-२० स्थगित

वर्षाका कारण दोस्रो टी-२० स्थगित

  • काठमाडौं । नेपाल र जिम्बाब्बेबीचको दोस्रो टी-२० खेल वर्षाका कारण स्थगित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालका कप्तान  सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्बेलाई ब्याटिङ निम्तो दिएका थिए । 

    images
    images
    images

    वर्षा हुनुअघि जिम्बाब्बेले चार ओभर तीन बलमा  दुई विकेटको क्षतीमा ४८ रन बनाउदा खेल रोकिएको थियो ।  

    images

    एक पटक पानी रोकिएर खेल सुरु हुने अवस्थामा खेल १८ ओभरमा खेलाइने निर्णय भएको थियो । तर, पुनः वर्षा हुँदा खेल सुरु हुन सकेन । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिम दोस्रो खेलमा हारको बदला लिँदै शृंखला १-१ को अवस्थामा ल्याउन चाहन्थ्यो । तर, सफल हुन सकेन। 

    images

    तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ ।नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्बेसँग खेल्न लागेको हो   । 

    यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछि तीन टी(२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij