Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

समाजवादी अर्थतन्त्रको विकासमा श्रमजीवी वर्गको नेतृत्वदायी भूमिका

समाजवादी अर्थतन्त्रको विकासमा श्रमजीवी वर्गको नेतृत्वदायी भूमिका

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताएका छन् । 

    images
    images
    images

    उनले आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार गर्नु नेपालका मजदुर एवं श्रमजीवी उत्पीडित जनसमुदायको मुख्य कार्यभार रहेको बताएका छन् ।

    images


    अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आजको दिन प्रतिगमनविरुद्ध नयाँ सङ्कल्प लिने दिनका रूपमा लिन सबै श्रमजीवी जनसमुदायलाई आग्रह गरेका छन् । 

    images

    श्रमिक वर्गको बलिदानीका कारण मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा आइपुगेको उल्लेख गर्दै उनले संविधानको पूर्ण कार्यान्वयनसहित स्थिरता, समृद्धि र समाजवादी अर्थतन्त्रको विकासका लागि आगामी दिनमा श्रमजीवी वर्गले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नुपर्ने बताएका हुन् ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij