Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

जनताको बलियो समर्थनसहित एमाले सकारमा जान्छ : ओली

जनताको बलियो समर्थनसहित एमाले सकारमा जान्छ : ओली

  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले तीनै तहको सरकारमा जनताको बलियो समर्थन सहित पुनर्स्थापित हुने बताएका छन् । मे दिवासको अवसरमा शुभकामना सन्देश जारी गर्दै ओलीले यस्तो बताएका हुन् ।

    images
    images
    images

    आसन्न स्थानीय तह निर्वाचन र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट एमाले सरकारमा पुनर्स्थापित हुने र राष्ट्रको अभिभारा पूरा गर्ने ओलीको भनाइ छ । अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना सन्देश दिंदै ओलीले सो भनाइ सार्वजनिक गरेका हुन् ।

    images

    संवैधानिक संस्थाहरुलाई असंवैधानिक रुपमा दुरुपयोग गरी नेकपा एमालेलाई सरकारबाट हटाइएको दाबी गर्दै ओलीले भनेका छन्, ‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षातर्फ केन्द्रित हाम्रा पाइलामा अवरोध पुर्यायो ।’

    images

    ‘आसन्न स्थानीय तहको र निकट भविष्यमा आउने संसदीय निर्वाचनबाट जनताको बलियो समर्थन सहित नेकपा (एमाले)लाई तीनै तहका सरकारमा पुनर्स्थापना गर्दै हामी राष्ट्रको यस अभिभारालाई पूरा गर्ने छौं,’ ओलीले भनेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij