Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन यसरी हेर्नुहोस् अनलाइनमा 

मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन यसरी हेर्नुहोस् अनलाइनमा 

  • काठमाडौँ । अब मतदाता नामावलीमा आफ्नो नाम आफैँले हेर्न मिल्ने भएको छ ।

    images
    images
    images

    फोटोसहितको नामावली दर्तामा आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर आफैँले हेर्न निर्वाचन आयोगले अनलाइनमै हेर्न सक्ने व्यवस्था गरेको छ।

    images

    आफ्नो नाम आफैँले हेर्न निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूचीकरण भए नभएको हेर्न सकिनेछ जनाइएको छ । 

    आयोगका अनुसार मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्न निर्वाचन आयोगको वेबसाइटमा गएर

    election.gov.np/np/page/voter-list-db लिंकमा गएर आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदानस्थलको विवरण छानेपछि आफ्नो क्षेत्रमा भएका सबै मतदाताहरूको विवरण देखिनेछ ।

    images

    यसरी आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको आफ्नो सम्पूर्ण विवरणसहितको मतदाता परिचयपत्र देखिने जनाएको छ ।

    ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै यतिखेर देश चुनावमय बनेको छ । यद्यपि मतदान गर्नलाई मतदाता परिचयपत्र अनिवार्य हुन्छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij