Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

आजदेखि थप सात विमानस्थल राति पनि उडान हुने

आजदेखि थप सात विमानस्थल राति पनि उडान हुने

  • काठमाडौँ । आजदेखि थप सात वटा विमानस्थल दैनिक १८ घण्टा सञ्‍चालनमा आउने भएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले रात्रिकालीन उडान गर्न मिल्ने गरी चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगन्ज र धनगढी विमानस्थललाई दैनिक १८ घण्टा सञ्‍चालनको अनुमति दिएको हो ।

    images
    images
    images

    यी विमानस्थल हालसम्म १२ घण्टा मात्र सञ्‍चालन हुँदै आएका थिए । तर, बिहान ६ देखि राति १२ बजे गरी १८ घण्टासम्म सञ्चालन हुने भएका हुन् । विमानस्थलको एयर ट्राफिक जामलाई ध्यानमा राख्दै बिहीबारदेखि तराईका विमानस्थल रातिसम्म सञ्चालन हुँदा यात्रुलाई पनि सहज हुने भएको छ ।

    images

    प्राधिकरणको यो निर्णयले विमानस्थलको विद्यमान उडान चाप व्यवस्थापन हुने, जुर्मुराउँदै गरेको पर्यटन क्षेत्रलाई राहत पुग्ने, यात्रुले व्यहोर्दै आएको सास्ती हट्ने र देशको आर्थिक गतिविधि चलायमान हुने विश्वास लिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij