
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्मचारी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । करार सेवाका लागि प्राधिकरणले आवेदन आह्वान गरेको हो ।
रिक्त रहेका पदहरुमा स्थायी पदपूर्ति भए स्वतः हट्ने गरी प्राधिकरणले बढीमा एक वर्षका लागि करारमा प्राविधिकतर्फ सातौँ तहका लागि कर्मचारी नियुक्त गर्न लागेको हो ।
पुरुषको हकमा २१ वर्ष पूरा भएर ३५ वर्ष ननाघेको र महिलाको हकमा ४० वर्ष ननाघेका योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्नेछन् ।
वैशाख २१ गतेसम्म आवेदन दिन सकिने प्राधिकरणले जनाएको छ । लिखित परीक्षा वैशाख २३ गते हुनेछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij