
Jun 21 2025 | २०८२, असार ७ गते
चितवन । चितवनको भरतपुरस्थित कमलनगर चोकका घरमा आगलागी भएको छ।
गए रातिदेखि नै लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन। आगो निभाउने काम भइरहेको स्थानीय बासिन्दाले बताएका छन्।
आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ। आगलागीबाट पाँचभन्दा बढी पसलमा क्षति पुगेको छ। मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij