Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

सौर्यमण्डलका चार वटा ग्रह आकाशमा एकैसाथ देखिन थाले

सौर्यमण्डलका चार वटा ग्रह आकाशमा एकैसाथ देखिन थाले

  • काठमाडौँ । केही दिनदेखि सौर्यमण्डलका चार वटा ग्रह आकाशमा एकैसाथ देखिन थालेका छन् । अझै केही दिनसम्म यी ग्रहहरू यसैगरी लामबद्ध देखिने जनाइएको छ ।

    images
    images
    images

    विपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिका अनुसार यही वैशाखमा वृहस्पति, शुक्र, मंगल र शनि ग्रह एकसाथ पंक्तिवद्ध रुपमा आकाशमा देखिन थालेका हुन् ।

    images

    समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माका अनुसार नेपालबाट खाली आँखाले नै यी चार ग्रहलाई देख्न सकिने छ । आकाशमा पंक्तिवद्ध रुपमा लामबद्ध भएका ग्रहलाई बिहान ३/४ बजेतिर एकैसाथ खाली आँखाले देख्न सकिने जनाइएको छ ।

    ग्रहलाई हेर्न प्रदुषण कम भएको स्थानबाट पूर्व–दक्षिण दिशाको एजिम्यूथकोण ९० डिग्री देखि १४० डिग्री र उचाइकोण १० डिग्रीदेखि ४५ डिग्रीमा अवलोकन गर्नुपर्ने जनाइएको छ ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij