
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ । आज २३औँ मनमोहन स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । मनमोहन स्मृति प्रतिष्ठानले विशेष कार्यक्रम आयोजना गरी मनमोहन स्मृति दिवस मनाउने भएको हो ।
प्रतिष्ठानले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाउन लागेको छ । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता मनमोहन अधिकारीको नेतृत्वमा एमालेले वि.सं.२०५१ मा नौ महिना सरकार चलाएको थियो ।
पूर्वप्रधानमन्त्री अधिकारीको २०५६ साल वैशाख १३ गते निधन भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij