
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ । निर्वाचन आयोगले आज मंगलबारबाट मतपत्र ढुवानी शुरू गर्ने जनाएको छ । आयोगले पहिलो चरणमा कर्णाली प्रदेशका लागि मतपत्र ढुवानी गर्न लागेको हो । नेपाली सेनाको सुरक्षा घेरामा जिल्लास्थित निर्वाचन केन्द्रमा पुग्ने गरी मतपत्र ढुवानी गर्न लागेको हो । गएको चैत १६ गतेबाट मतपत्र छपाइ शुरू भएको थियो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको सुरक्षण मद्रणालयमा छपाइ भइरहेको मतपत्र त्यहींबाट ढुवानी हुन लागेको हो । आयोगले कर्णाली प्रदेशमा हेलिकोप्टरबाट ढुवानी गर्नेछ । उपत्यकासहित १० जिल्लाको मतपत्र छपाइ गर्न बाँकी रहेको अवस्थामा आयोगले छपाइ सकिएका जिल्लामा मत्रपत्र ढुवानी शुरू गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij