
Jun 21 2025 | २०८२, असार ७ गते
मोरङ । ग्रामधान गाउँपालिका–४ कटहरामा जुवा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६ लाख ४१ हजार ३ सय १५ रुपैयाँ र कौडा सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका-५ बस्ने ५४ वर्षीय रूपेश कुमार तामाङसहित ७ जना छन् । उनीहरुलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij