
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडोँ । मध्यपुर थिमि नगरपालिका-५ कमेरोटार प्लानिङ्गको एक गोदाममा आगलागी भएको छ । हार्डवेयर सामग्रीको गोदाममा आगलागी भएको प्रहरीले जनाएको छ ।
आइतबार राति करिब साढे ९ बजेदेखि आगो लागेको बिहानसम्म भक्तपुर, काठमाडौँ र ललितपुरका चार वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको प्रहरी वृत थिमि प्रमुख डीएसपी हरिनन्दन चौधरीले बताए ।
आगलागीबाट गोदामभित्रका सामग्री पूर्णरुपमा क्षति पुगेको समेत जनाएको छ । उक्त गोदाम कस्को हो, कसरी आगलागी भयो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको डीएसपी चौधरीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij