Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

आज १६ औँ लोकतन्त्र दिवस 

आज १६ औँ लोकतन्त्र दिवस 

  • काठमाडाैँ । आज १६ औँ लोकतन्त्र दिवस मनाइँदै छ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भई लोकतन्त्र स्थापना भएको थियो।

    images
    images
    images

    त्यतिबेला सशस्त्र युद्धरत तत्कालिन नेकपा माओवादी र शान्तिपूर्ण सडक आन्दोलनकारी राजनितिक दलहरु बीच सम्पन्न १२ बुँदे सहमति पश्चात १९ दिने ऐतिहासिक जनआन्दोलन भएको थियो । 

    images

    सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते लोकतन्त्र दिवस मनाउने गरिन्छ। तर, देशमा लोकतन्त्र स्थापना भएको १६ वर्ष हुँदा पनि अझै पनि लोकतन्त्र संस्थागत हुन नसकेको टिप्पणीहरू हुँदै आएको छ।

    लोकतन्त्र दिवसको अवसमा  सरकारले हरेक वर्ष सार्वजनिक विदा दिँदै आएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij