Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

सशस्त्रका ७ जना एसपीलाई कामु एसएसपीको जिम्मेवारी (नामावली)

सशस्त्रका ७ जना एसपीलाई कामु एसएसपीको जिम्मेवारी (नामावली)

  • काठमाडौं । सशस्त्र प्रहरी बलमा साधारण समूह र प्राविधिक उप–समूहतर्फका ७ जना सशस्त्र प्रहरी उपरीक्षकहरूलाई कामु वरिष्ठ उपरीक्षकको जिम्मेवारी तोकिएको छ। गृहमन्त्री बालकृष्ण खाणले ४ वर्षे पदावधि पुरा नभएका कारण कामु जिम्मेवारी दिने निर्णय गरेका हुन्।

    images
    images
    images

    प्राविधिक समूहको स्वास्थ्यतर्फ डा.मीना कुँवर र सुरेन्द्रमान श्रेष्ठलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ। सञ्चार तथा इन्जिनियरिङतर्फ प्रमोदकुमार शाहलाई कामु एसएसपीको जिम्मेवारी दिइएको छ।

    images

    साधारण समूहतर्फ उद्धवबहादुर न्यौपाने, राजेन्द्र खड्का र नरेन्द्र सेनलाई कामु एसएसपीको जिम्मेवारी दिने निर्णय गरिएको छ। कानुनतर्फ युवराज अर्याललाई कामु एसएसपीको जिम्मेवारी दिइएको सशस्त्र प्रहरी प्रवक्ता (डीआईजी) विदुर खड्काले रातोपाटीलाई बताए।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij