Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

आगामी वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने 

आगामी वैशाख ९ गतेदेखि एसईई सञ्चालन हुने 


  • काठमाडौं । विगत दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणिकरण भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष भौतिक रुपमा परीक्षा सञ्चालन हुने भएको छ ।

    images
    images
    images

    राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को एसईई आगामी शुक्रबारदेखि भौतिक रुपमा परीक्षा सञ्चालन गने भएको हो ।

    images

    वैशाख ९ गतेदेखि सुरु हुने परीक्षका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकिएका जनाइएको छ । यो वर्ष नवलपुर जिल्लामा एक उपकेन्द्र तोकेको बोर्डले जनाएको छ ।

    एसईई परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०७८ को एसईईमा कुल ५ लाख १४ हजार ७६० परीक्षार्थी सहभागी हुनेछन् । यो वर्ष परीक्षामा नियमिततर्फ ४ लाख ८८ हजार ७४२, प्राविधिकतर्फ १४ हजार ५६४ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ । सामान्यतर्फ ११ हजार ६१५ विद्यालय र प्राविधिकतर्फ २९९ विद्यालयका विद्यार्थीहरु यो वर्ष एसईईमा सहभागी हुने छन् ।

    यस्तै, यो वर्ष जापानमा सञ्चालित नेपाली विद्यालयमा पनि एसईई हुने जनाइएको छ । भने दुई वर्षपछि ग्रेड वृद्धिका लागि लागि परीक्षा दिन वञ्चित भएका ११ हजार ४५४ विद्यार्थीहरुले यस वर्ष ग्रेड वृद्धिका लागि परीक्षा दिने बोर्डले जनाएको छ ।

    images

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij