
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ३ सय ४२ जनामा गरिएको परीक्षणमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही समयमा ४४ जना कोरोना संक्रमण मुक्त भएका छन् भने नेपालमा हाल ४७९ जना संक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१ हजार २७८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् ।
यस्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म जम्मा २३ लाख ४७ हजार २२२ जनाले मात्रै बुस्टर डोज लगाएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij