
Jun 21 2025 | २०८२, असार ७ गते
कठमाडौँ । खोटाङको त्रि–धार्मिकस्थल हलेसी मन्दिरबाट १० दिनमा ६ लाख ७२ हजार आम्दानी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी महादेव मन्दिरबाट गत १९ चैतदेखि २८ चैतसम्ममा ६ लाख ७२ हजार २३० आम्दानी भएको हो ।
हलेसी मन्दिरको शिव पार्वती थानबाट ४ लाख ६८ हजार २०० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट ८० हजार ९५०, बसाहा गुफामा राखिएको दानपेटीकाबाट ९३ हजार ९८०, शिवरात्री र रामनवमीको चामल बिक्रीबाट २५ हजार २०० र ढ्याके सटहीबाट ३ हजार ९०० आम्दानी भएको हो । २६ चैतमा शिवरात्री मेला परेका कारण पनि हलेसीमा १० दिनमा उल्लेख्य मात्रामा भेटी संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।
विद्युत, पानी, नौमती बाजा, रामनवमी मेलामा खटाइएका अस्थाई कर्मचारीलाई तलव भत्ता, दुध, दही, खाजा, भेटी गणना लगायतमा १ लाख ३ हजार ५३७ खर्च हुँदा बाँकी रहेको ५ लाख ६८ हजार ६९३ रुपैयाँ हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको नाममा माछापुच्छ्रे बैंकको हलेसी शाखामा खोलिएको खातामा जम्मा गरिएको हलेसी सूचना केन्द्रले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij