Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

ट्रकको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु

  • काठमाडौं । ट्रकले टक्कर दिएर नेपाल प्रहरीको हवल्दारको मृत्यु भएको छ । सुनसरीको दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको छ।

    images
    images
    images

    बुधबार अपरान्ह भएको दुर्घटनामा परेर घाइते प्रहरी हवल्दार विहीबार बिहान मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कोसी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १ क ८८१७ नम्बरको ट्रकले को ३६ प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो।

    images

    ट्रकले प्रहरी सहायक निरीक्षक सनम राजवंशीले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका हवल्दार मण्डलको उपचारका क्रममा विराटनगरको आर्या न्यूरो अस्पतालमा बिहीबार बिहान ४ बजे मृत्यु भएको हो।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij