
Jun 20 2025 | २०८२, असार ६ गते
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले नयाँ वर्षको शुभकामना दिएका छन् ।
उनले नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै नयाँ वर्षको प्रारम्भमा देशवासी र बाध्यतावश विदेशी भूमिमा रहेर बसेका सबै नेपालीमा सुख, शान्ति तथा समुन्नतिको कामना गर्दै शुभकामना दिएका हुन् ।
वर्ष बदलिँदा हर्ष पनि बढ्नुपर्ने बताउँदै, सो विज्ञप्तिमा उनले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गुनासो गरेका छन् । भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्ने उनको भनाइ छ ।
उनले विज्ञप्ति भनेका छन्, चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij