Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

पर्यटन मन्त्रीद्वारा हिमाल आरोही लामालाई बिदाइ

पर्यटन मन्त्रीद्वारा हिमाल आरोही लामालाई बिदाइ

  • काठमाडौँ । कञ्चनजङ्घा हिमाल आरोहण गर्न लागेकी काभ्रे  रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बिदाइ गरेका छन् ।

    images
    images
    images

    मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । मन्त्री आलेले आफ्नो स्वास्थ्यका साथै मौसमको अवस्था ख्याल गरेर आरोहण गर्न सुझाव दिए ।

    images

    विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुुरु गरेकी लामाले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४  हिमाल आरोहण गर्ने लक्ष्य राखेकी छन् । ती चार हिमालको आरोहण गरिसकेको उनले जानकारी दिइन् । उनले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij