Logo

May 20 2025 | २०८२, जेठ ६ गते

May 20 2025 | २०८२, जेठ ६ गते

ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 

ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु 

  • काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका-५ कावाखोलामा मंगलबार राति ट्रयाक्टर दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । 

    images
    images
    images

    मृत्यु हुनेमा ट्याक्टरमा सवार रामप्रसादराई गाउँपालिका-७ बासिखोराका २० वर्षीय जेबि राई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल भोजपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

    images

    ईट्टा लिएर भोजपुरबाट बासिखोरातर्फ आउँदै गरेको प्रदेश १-०२-००३ त २२४९ नम्बरको ट्याक्टर गएराती १० बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो । ट्याक्टर चालक फरार भएकोले खोजी भइरहेको प्रहरी चौकी मानेभङज्याङले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij