Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

‘झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, सूचना ढोकाबाटै दिऔँ’

‘झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, सूचना ढोकाबाटै दिऔँ’

  • काठमाडौँ । उपयुक्त समय र स्थानबाट सही सूचना प्रवाह नगर्दा भ्रामक सूचनाले स्थान ओगट्न सक्ने भन्दै सूचनाका अभियान्ताले सम्बन्धित व्यक्ति तथा संस्थाले उचित समयमा सही सूचना प्रवाह गर्नुपर्नेमा जोड दिएका छन् ।

    images
    images
    images

    स्थानीय तह निर्वाचनका सन्दर्भमा राष्ट्रिय सूचना आयोगले आज आयोजना गरेको ‘निर्वाचनको समयमा सही सूचना प्रवाह’सम्बन्धी अन्र्तक्रियामा उनीहरुले सही सूचना प्रवाहमा कुनै कञ्जुस्याइँ नगर्न आग्रह गरे । 

    images

    निर्वाचनका समयमा सही सूचना प्रवाह नभएका अवस्थामा छोटो अवधिमा भ्रमपूर्ण सूचना फैलन सक्ने भन्दै उनीहरुले सूचना प्रवाहमा ‘भ्याकुम’को अवस्था आउन नदिन सरोकारवालाको ध्यानाकर्षण गराए।

    सही सूचना जिम्मेवार व्यक्तिले सही ढङ्गबाट प्रवाह गर्न नसक्दा सूचनाको मर्ममाथि प्रहार हुने र त्यस्ता सूचनाले जनमानसमा ठूलो भ्रम सिर्जना गर्ने उनीहरुको भनाइ थियो । ‘झ्यालबाट दिँदा सूचना दुर्घटनामा पर्छन्, घाइते सूचनाले भ्रम मात्रै सिर्जना गर्छन्, त्यसैले सूचना ढोकाबाट मात्रै दिनुपर्छ’, सही सूचना प्रवाह गर्ने कमजोर अभ्यासको परिणामबारे सचेत गराउँदै उनीहरुले भने ।

    निर्वाचन आचारसंहिताका केही बुँदा सूचनाको हकको प्रावधानसँग बाझिने भन्दै  जनताको सूचना प्राप्त गर्ने अधिकारमाथि प्रहार गर्ने विषयबारे निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुपर्ने बताए । ‘निर्वाचनका सन्दर्भमा सही सूचना प्रवाह र कानूनी व्यवस्था’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै संविधानविद् काशीराज दाहालले निर्वाचनका समयमा देखिने भ्रमपूर्ण सूचना प्रवाह गर्ने विश्वव्यापी प्रवृत्तिलाई नियन्त्रण गर्न आग्रह गरे ।

    images

    जिम्मेवार पदमा बसेका व्यक्तिले सूचनाको सम्प्रेषणमा सजगता अपनाउनुपर्ने दाहालले उल्लेख गरे। निर्वाचनका समयमा सही सूचना सम्प्रेषण गर्न सूचना आयोग र सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले जनता भयवित हुने र निर्वाचनप्रति नकारात्मक सन्देश दिने खालको सूचना प्रवाह गर्न नहुने बताए ।

     

    Nirbachan1.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij