Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

दुई नगरपालिकाबीच भगिनी सम्बन्ध 

दुई नगरपालिकाबीच भगिनी सम्बन्ध 


  • ललितपुर । महालक्ष्मी नगरपालिका, ललितपुर र महालक्ष्मी नगरपालिका, धनकुटाबीच अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

    images
    images
    images

    दुई नगरपालिकाबीच पर्यटन प्रवर्द्धन गर्न अनुकूल वातावरण सिर्जना गर्ने, समाजिक, सांस्कृतिक, आर्थिक, व्यापारिक, पूर्वाधार विकास र संस्थागत विकासमा अन्तर्सम्बन्ध कायम गर्ने, एकआपसमा असल अभ्यासहरू आदानप्रदान गर्ने जस्ता विषयवस्तुहरू सो समझदारी पत्रमा उल्लेख गरिएको छ ।

    images

    महालक्ष्मी नगरपालिकाको तर्फबाट नगर प्रमुख रामेश्वर श्रेष्ठ, नगर उपप्रमुख निर्मला थापा र प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । 

    त्यसैगरी, महालक्ष्मी नगरपालिका, धनकुटाको तर्फबाट नगर प्रमुख पर्शुराम नेपाल, नगर उपप्रमुख मञ्जु अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

    उक्त कार्यक्रममा दुवै नगरपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, राजनितिक दलका प्रतिनिधिहरू, यस नगरपालिकाका सामुदायिक विद्यालयका वि।व्य।स अध्यक्ष र प्रधानाध्यापकहरू, नगरपालिकाका कर्मचारीहरू, सुरक्षाकर्मीहरू, पत्रकार र दुवै नगरपालिकाका स्थानीय समाजसेवीहरूको समेत उपस्थिति रहेको थियो । 

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij