Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

सफल जिवनका सुत्रहरु

सफल जिवनका सुत्रहरु

  • सफल जीवनको लागि धेरै संघर्ष गर्नुपर्ने हुन्छ। मानव जीवनमा उतारचढाव त आइरहन्छ । त्यो उतारचढावलाई सामाना गर्दै सहि बाटो अंगाल्ने गरेमा असम्भव भन्ने कुरा केहि पनि छैन। सफल जीवन बनाउन हाम्रो दिमाग पनि स्वस्थ हुनुपर्छ। जसले यस्ता उतारचढावलाई सजिलैसँग स्वीकार्छ ।

    images
    images
    images

    हाम्रो दिमागलाई स्वस्थ राख्नका लागि नराम्रा व्यवहार, भावना र विचार नियन्त्रण गर्न सकियो भने सफलता पक्कै पाउन सकिन्छ।

    सफलताका लागि केहि कुराहरु यस प्रकारका छन्ः

    कडा परिश्रम:  सफलताका लागि कडा परिश्रम गर्नुस् अवश्य सफलताको भागीदार हुनेछन् र त्यो जस्तो आनन्दको पल कुनैपनि हुनै सक्दैन।

    गल्ती स्वीकारगर्नेः गल्ति जो कोहीबाट हुन्छ र गल्तिबाटानै सिक्दै जाने हो । तर जानीजानी चै गर्नु हुदैन । नजानेर हुने गल्तीलाई स्वीकार गरि सच्याउनु पर्छ।

    तनाव नलिनेः  हामीमा तनाव त हुन्छ नै तर त्यो तनावलाई लिई रहनु हुदैन । एकचोटी भएको गल्तीलाई बारम्बार सम्दाझाडा तनाव हुन्छ र दिमागको क्षय हुन्छ । त्यसैले गल्ती नदोहो¥याउनेमा प्रतिबद्ध भएर पुराना गल्तीमा नअल्झिने सोच बनाउनुपर्छ ।

    परिवर्तनसँग लड्नेः परिवर्तनसँग लड्नु जरुरि छ । जे छ त्यसमै रमाउन वातावरण सिर्जना गर्नु हुदैन । जसले गर्दा दिमागमा नयाँ सोच सिर्जना हुँदैन । 

    एक्लोपन महसुस नगर्नेः  हामी सधै अधिकांश समय साथीसँग कटाउन रुचाउँछन् । जसले नयाँ कुरा सोच्ने र एकोहोरिने अवसर पाउँदैन । बिस्तारै त्यसरी सोच्ने ग्रन्थी बन्द हुँदै जान्छ । त्यसैले एक्लोपनसँग डराउने होइन, त्यसको सदुपयोग गर्ने बानी बसाल्नुपर्छ ।

    अर्काको सफलतामा रमाउनेः आफ्नो सफलता भन्दा अर्काको असफलतामा रम्ने बानीले अन्ततः दिमाग नै त्यही रुपमा बदलिन्छ । नकारात्मक कुरालाई महत्व दिने ग्रन्थी दिमागबाट चाँडो निस्किन थाल्छन् । अन्तमा गएर आफ्नो सफलताका लागि भन्दा अर्काको असफलताका लागि दिमाग चल्छ । आफू अघि बढ्ने समय अर्काको खुट्टा तान्न खर्चिंदा कहिल्यै सफलता हासिल गर्न सकिँदैन ।

    अरुसँग आफ्नो तुलनाः  आफनो तुलना अरु कोहीसँग गर्नुहुँदैन । हाम्रो जन्मिने वातावरण, समय र अवस्था नै फरक भएपछि कुनै कुरामा समानता हुने सम्भावनै हुँदैन । आफूलाई अरुसँग दाँज्ने बानीले कहिल्यै बुद्धिको विकास हुन दिँदैन । आफू अरुभन्दा फरक हो र हुनुपर्छ भन्ने सोचाइले अन्ततः फरक बनाएरै छाड्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij