
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ आफ्नै मन्त्रालयका कर्मचारीलाई दुर्व्यवहार गरेका छन् । धौलागिरिका ४ वटा जिल्लाका सुरक्षा समन्वय बैठक बस्न उनीहरू बाग्लुङ पुगेका बेला मन्त्री मनाङेले मन्त्रालयकै कर्मचारीलाई अमर्यादित व्यवहार गरेका हुन् ।
मन्त्रालयका शाखा अधिकृत प्रकाश ओझालाई दुर्व्यवहार गरेको मन्त्रालय स्रोतले बताएको छ । उनले आफूमाथि अमर्यादित व्यवहार भएको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रमुख सचिव रविलाल पन्थ लगायतलाई जानकारी गराएका छन् । स्रोतका अनुसार वैदेशिक रोजगारीबाट फर्केकालाई स्वदेशमै रोजगारी दिने सम्बन्धमा विवाद चलेको थियो । त्यही विवादमा मनाङेले कर्मचारीमाथि दुर्व्यवहार गरेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij