Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

‘कविता’को मृत्युको ‘सुराक खोज्दै’ प्रहरी

‘कविता’को मृत्युको ‘सुराक खोज्दै’ प्रहरी

  • काठमाडौँ । एसएलसीको तयारी गरिरहेकी उदयपुरको वेलका नगरपालिका–६ की १७ वर्षीया कविता सुनुवार मंगलबार बिहान करिब ४ः३० बजेको झिसमिसेमा ‘ट्युसन’ पढ्न हिँडिन् । वडा नम्वर ६ स्थित उनको घरबाट करिब अढाइ किलोमिटर टाढा रहेको वडा नम्बर ३ मा पर्ने कोसी जनता माध्यमिक विद्यालयमामा कक्षा १० मा अध्ययनरत् उनी विद्यालय नपुग्दै मृत अवस्थामा फेला परिन् । 

    images
    images
    images

    सोही ठाउँको यसोदा नदीमा मृत फेला परेकी उनी सहपाठी साथीसँग फोनमा कुराकानी भएपछि घरबाट निस्केको खुल्न आएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक सुवास बोहोराले जानकारी दिएका छन् । 

    images

    साथीसँगै पढ्न हिँडेकी कविता मृत अवस्थामा भेटिएपछि प्रहरी र स्थानीयले कवितासँगै गएकी साथी सरिता ढकाललाई सोधपुछ गरे । सोधपुछका क्रममा संकास्पद् तरिकाले प्रस्तुतत भएकी उनको खुट्टामा चोट समेत देखिएको स्थानीय बताउँछन् । 

    स्थानीयका अनुसार कविता र सरिता सहपाठी मात्र नभएर छिमेकी साथी पनि हुन् । साथी भएपछि घरमा आउजाउँका क्रममा कविता र सरिताको दाइ(अंकलको छोरा)बीच निकटता बढेको र अन्र्तजातीय प्रेम भएको हुनाले सो घटना घटेको हुनसक्ने स्थानीय बताउँछन् । 

    स्थानीयका अनुसार कविता र उनकी साथीबीच केही समय पहिले झगडा पनि भएको थियो । साथिबीच भएको झगडालले यो अवस्था भएको हुनसक्ने स्थानीयको भनाइ छ । 

    images

    यता, हत्याको आशंकामा प्रहरीले सरिता र उनका दाइ विनोद ढकाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक ढकाल बताउँछन् । उनका अनुसार अन्दाजी १९ वर्षीय आरोपित ढकाल भारतको सिक्किमका हुन् । 

    प्रहरीका अनुसार यसोदा खोलाको पूर्वपट्टी बाँसघारी छ । त्यहाँबाट करिब साठी मिटर तल कवितालाई घिसारेर लगिएको देखिएको छ ।

    घटनापछि उनका आफन्त, स्थानीय र विद्यार्थी आक्रोशित छन् । उनीहरूले इलाका प्रहरी कार्यालय रामपुर र वेलका नगरपालिका कार्यालय घेराउ गरेको वेलका नगरपालिकाकी उपमेयर रामकुमारी चौधरीले बताएकी छन् ।

    घटनाको अनुसन्धान संघीय प्रहरी इकाई कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय उदयपुरले गरिरहेका छन् । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij