
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौँ । निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न बोलाएको बैठकमा विवाद भएको छ ।
आचारसंहिताबारे छलफल गर्न ७९ दलको बैठकमा केही साना दलका नेता र प्रतिनिधिले विरोध जनाएका हुन् । निर्वाचन आयोगले छलफल नै नगरी हस्ताक्षर गर्न भनेपछि आयोगले आफूहरुमाथि अन्याय गरेको भन्दै साना दलहरुले विरोध जनाएका हुन् ।
यसका साथै निर्वाचन आयोगले आचारसंहिता पत्रमा निष्पक्षता भन्ने शब्द नै नआएको भन्दै चर्काचर्कि समेत भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij