
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । मुगु जिल्लाको रारा विमानस्थलमा नीजि हवाई जहाज नचल्दा यात्रुहरु मारमा परेका छन् । ताल्चामा रहेको उक्त विमानस्थलबाट नीजि हवाई सेवा कम्पनीले उडान नगर्दा मुगु वासी मारमा परेका छन् ।
निजी जहाजहरूले उडान रोके पछि जिल्ला आउने र जिल्ला भन्दा बाहिर जाने यात्रु मारमा परेका छन् । मुगुमा पछिल्लो समय तारा एयर , समिट एयर, र सीता एयरले नेपालगन्ज विमानस्थल बाट रारा विमानस्थलका लागि दैनिक रुपमा उडान भर्दै आई रहेका थिए।
अहिले नीजि जहाजले मुगुमा उडान नभरी पुर्व तिर उडान भर्नाले मुगुको यात्रु मारमा परेका छन् । रारा विमानस्थलबाट प्रत्येक दिन चारदेखि पाँच पटक सम्म उडान भर्दै आई रहेका थिए। जिल्लामा केही दिन यता देखि नेपाल वायुसेवा निगमको जहाजले हप्तामा चार पटक उडान भर्दै आई रहेको छ। त्यसमा पनि जटिल खालका बिरामी लगायत विद्यार्थीलाई प्राथमिकतामा राखिएको छ।
रारा विमानस्थलमा उडान कम भए पछि सहजै रुपमा टिकट पाउन मुस्किल छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij