Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

जटिल रोगका बिरामीलाई मासिक पाँच हजार भत्ता

जटिल रोगका बिरामीलाई मासिक पाँच हजार भत्ता

  • काठमाडाैँ । स्वास्थ्य  तथा  जनसङ्ख्या  मन्त्रालयले  जटिल  रोगका  बिरामीलाई  मासिक भत्ताको कार्यविधि तयार गरेको छ । मिर्गौला  प्रत्यारोपण  गरिरहेका  व्यक्ति,  मिर्गौला  फेल  भई  डायलासिस  गराइरहेका  व्यक्ति,  क्यान्सर  रोगी  र  मेरुदण्ड पक्षाघातका बिरामीलाई औषधि उपचारबापत  सरकारले  मासिक  पाँच  हजार भत्ता दिने निर्णय गरेको थियो ।

    images
    images
    images

    कार्यविधिअनुसार भत्ता रकम त्रैमासिक रूपमा महिनाको अन्तिम दिन स्थानीय तहले बिरामीको बैङ्क खातामा जम्मा  गर्ने  छन्  । क्यान्सर  निको  भई  चिकित्सकको निगरानीमा रहेका व्यक्ति, मेरुदण्ड पक्षाघात भएका रातो र नीलो अपाङ्गता परिचय पत्र भएकाले पनि उक्त रकम  पाउने  छन्  ।    

    images

    कार्यविधिअनुसार  भत्ताका लागि औषधि उपचार गर्न नसक्ने गरिबीको  परिचयपत्र  वितरण  गरेको  जिल्लाको हकमा सो परिचयपत्रवालालाई स्थानीय  तहले  सिफारिस  गर्नुपर्नेछ  ।    

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij