
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । सोलु करिडोर आयोजना भित्रका घर, जग्गा तथा अन्य संरचनाको क्षतिपूर्ति बुझ्न आउन आह्वान गरेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सोलु कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजनाको मार्गाधिकारमा पर्ने घर, जग्गा तथा अन्य संरचनाको क्षतिपूर्ति बुझ्न आउन आह्वान गरेको हो।
सिद्धिचरण नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, ८, र ११ तथा मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर ४, ५, ६, ७ र ९ क्षेत्रमा प्रशारण लाइनको केन्द्रबाट दायाँ ९ मिटर र बायाँ ९ मिटरभित्र प्रशारण लाइनको मार्गाधिकारभित्र पर्ने घरजग्गा तथा अन्य संरचनाको क्षतिपूर्ति लिन कार्यालयले आग्रह गरेको छ।
मन्त्रिपरिषदको माघ ६ को निर्णयअनुसार गठन भएको क्षतिपूर्ति निर्धारण समितिले चैत १९ मा घरजग्गा तथा अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गरेको थियो।
जग्गाको कित्ता नम्बर र क्षतिपूर्ति रकमको पूर्ण विवरण जिल्ला प्रशासन कार्यालय, वडा कार्यालय, नापी कार्यालय र मालपोत कार्यालय टाँस गरिएको छ। आजदेखि ३५ दिनभित्र सरोकारवाला व्यक्तिले क्षतिपूर्ति दाबी गर्न आ–आफ्नो हकदैया वा भोगचलन सम्बन्धित आवश्यक निस्सा प्रमाण र स्थानीय तहको सिफारिससहित निवेदन दिनुपर्नेछ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij