Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

बिङ्गो गेम खेलिरहेका १६ जना पक्राउ

बिङ्गो गेम खेलिरहेका १६ जना पक्राउ


  • काठमाडौं । काठमाडौँको बौद्धामा अनलाइन बिङ्गो गेम खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    आइतबार साँझ काठमाडौँ महानगरपालिका–६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

    images

    उक्त खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरुको साथबाट प्रहरीले नगद ७४ हजार १ सय ५० रूपैयाँ, १ हजार ५ सय पिस बिङ्गो टिकट र २ थान स्पिकर बरामद गरेको र पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij