Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

बार निर्वाचनः मतपेटिका आउने क्रम जारी

बार निर्वाचनः मतपेटिका आउने क्रम जारी

  • काठमाडौँ । नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि शनिबार मतदान सम्पन्न भए पनि मतपेटिका आउने क्रम जारी भएकाले मतगणना सुरु हुन सकेको छैन ।
     
    नेपाल बार एसोसिएशन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषा मल्ल पाठकका अनुसार मतपेटिका आउने क्रम जारी छ । आज बेलुकासम्म मतपेटिका आइपुग्यो भने सोमबारदेखि मतगणना हुने बताइएको छ । उदयपुर, धनकुटा र राजविराज मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी छ ।
     
    उपत्यकाको काठमाडौँ केन्द्रसहित देशभर ३५ केन्दबाट मतदान भएको थियो । काठमाडौँ केन्द्रमा ७१ प्रतिशतको हाराहारीमा मत खसेको छ । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँच हजार ७०० र उपत्यकाबाहिर तीन हजार ५०० रहेका छन् ।

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij