Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

ईपीएस परीक्षामा हालसम्मकै न्यून आवेदन

ईपीएस परीक्षामा हालसम्मकै न्यून आवेदन

  • काठमाडौँ । नेपाली युवाको लागि रोजगारीको प्रमुख गन्तव्य बनेको दक्षिण कोरियामा जान कामदारको चासो घट्दै गरेको देखिन्छ। रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जान लिइने भाषा परीक्षामा हालसम्मकै न्यून आवेदन परेको छ । 

    images
    images
    images

    दक्षिण कोरियाले ईपीएसअन्तर्गत विगत पाँच वर्षयताकै सबैभन्दा बढी श्रमिक नेपालबाट लैजाने गरी पहिलो छनोट चरणको भाषा परीक्षाको आवेदन माग गरे पनि शनिबारसम्म २५ हजार पाँच सयको मात्र आवेदन परेको छ ।

    images

    परीक्षाका लागि आवेदन दिने अन्तिम म्याद सोमबारसम्म मात्र छ । कोरोनाका कारण बीचबीचमा कोरिया जाने क्रम रोकिएका कारण कोरियाको रोजगारी प्रति युवाको आकर्षण घटेको हुन सक्ने ईपीएस शाखाको अनुमान छ ।

    वैदेशिक रोजगार विभाग ईपीएस शाखाका अनुसार आवेदन दिने अन्तिम म्यादको अघिल्लो दिनसम्म कृषि क्षेत्रतर्फ पाँच हजार पाँच सय र उत्पादनमूलक क्षेत्रमा १९ हजारको आवेदन परको छ । शाखाले हालसम्म परेको आवेदनको आधारमा अन्तिम दिनसम्म ३० हजार पुग्ने अनुमान गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij