
May 21 2025 | २०८२, जेठ ७ गते
गरिमा बस्नेत, ललितपुर । अहिले रोजगार चाहने इच्छुक युवा पुस्ताको प्राथमिकतामा परेको जागिर बनेको छ । बढ्दो बेरोजगारी सँगै युवापुस्ताको चाहना बनेको हो म्यादी प्रहरी । म्यादी प्रहरीमा भर्ना हुनका लागि हजारौँ युवायुवतीहरु लालायित छन् ।
म्यादी प्रहरी स्थानीय निर्वाचनको सुरक्षाको लागि अस्थायी सुरक्षाकर्मी हुन् । म्यादी प्रहरीको अवसर र रोजगारको समयसिमा ४० दिन मात्रै हो । ७७ जिल्लाबाट एक लाख युवाको माग गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । म्यादी प्रहरीमा भर्ना हुन १८ वर्षदेखि ५४ वर्ष उमेरभित्रकाले आवदेन दिन सक्ने जनाइएको छ । यसमा सामान्य लेखपढ गर्न सक्ने, कुनैपनि पार्टी र अपराधमा अभियोग नलागेका व्यक्ति हुनुपर्ने जनाइएको छ ।
यसैबीच, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि म्यादी प्रहरीको छनोट प्रक्रिय अन्तर्गत ललितपुरमा लिखित परीक्षा सम्पन्न भएको छ । चैत्र १५ गतेदेखि चैत्र १८ गते शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षण सञ्चालन गरिएको थियो । आजको लिखित परीक्षामा उत्तीर्ण भएपछि प्रत्यक्ष अन्र्तवार्ता गरेर म्यादी प्रहरी छानिने ललितपुर प्रहरी परिसर जावलाखेलका प्रवक्ता एसपी सिद्धि विक्रम शाहले जानकारी दिनुभयो ।
ललितपुरमा म्यादी प्रहरीमा २ हजार ९ सय ०५ जनाले आवेदन फाराम थिए । जसमा स्वास्थ्य परीक्षणमा १ हजार ८ सय ३५ मात्र उतिर्ण भए । उतिर्ण संख्याले आज लिखित परीक्षा दिएका हुन् । ललितपुरबाट माग भएको म्यादी प्रहरीको संख्या चाहिँ १ हजार १ सय २५ जना छन् ।
यही चैत्र ६ गते देखि ११ गते म्यादी प्रहरीको आवेदन कार्य सुरु भएको थियो । लिखित परीक्षाको नतिजा चैत्र २० गते प्रकासित हुनेछ । परीक्षामा पास हुनेको नामावली प्रहरी परिसर ललितपुरको आधिकारिक फेसबुक र सूचना पाटीमा प्रकाशन हुने बताइएको छ । लिखित परीक्षाको अन्तिम नतिजा २२ गते मेरिट सिष्टमको आधारमा प्रकाशन गरिने परिसरले जनाएको छ ।
रोजगारको लागि यो अस्थायी मौकाले धेरै युवापुस्तालाई आकर्षण गरेको छ । निर्वाचनको लागि सरकारले रोजगारको मोका दिए जस्तै उर्जाशील युवापुस्तालाई रोजगारको व्यवस्था गर्न सरकारको पहल हुनुपर्दछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij