
Apr 30 2025 | २०८२, वैशाख १७ गते
ललितपुर । ललितपुरको गोदाबरी नगरपालिका–१२ स्थित नख्खु खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको छ। करिब ५५ वर्षको जस्तो देखिने पुरुषको शव बिहीबार बिहान फेला परेको हो । शवको अझै सनाखत हुन नसकेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको छ। शवको सनाखतको लागि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij