
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको बिहीबारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
बढुवामा नपरेका डीआईजी ईश्वरबाबु कार्कीले गैरकानुनी रुपमा एआईजी बढुवा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट दिएका हुन् ।
डीआईजी कार्कीको रिट दर्ता भएको र उक्त रिटमा चैत २० गते आइतबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलकाले बताए ।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij