Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

शुक्लागण्डकीमा ‘कर्मकाण्ड’ तालिम 

शुक्लागण्डकीमा ‘कर्मकाण्ड’ तालिम 

  • तनहुँ । विश्व हिन्दु महासंघ नेपाल शुक्लागण्डकी नगर समिति तनहुँले लगातार चौथोँ वर्षसम्म ३५ दिने हिन्दु संस्कारमा आधारित कर्मकाण्ड तालिम दिँदै आएको छ । यसवर्ष पनि गत फागुन १९ गते शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख किसान गुरुङ्गले उद्घाटन गरेको कर्मकाण्ड तालिम निरन्तर चलिरहेको बताइएको छ । 

    images
    images
    images

    सो कर्मकाण्ड तालिममा ५ जना दलित ८ जना महिलालगायत अन्य जातका गरी कूल ५३ जना सहभागी रहेको विश्व हिन्दु महासंघ नेपाल शुक्लागण्डकी नगर समितिका अध्यक्ष नारायण घिमिरेले जानकारी दिए । 

    images

    वैज्ञानिक जीवनोपयोगी, धर्म संस्कार र संस्कृति लोप हुँदै जान लागेको, साथै समाजमा विकृति फैलिँदै जान लागेको हुँदा सत्य, तथ्य र वैज्ञानिक धर्म संस्कार संस्कृतिको संरक्षण गर्न हिन्दु धर्म मान्ने सबै जातका मानिसलाई सहभागी गराएर तालिम सञ्चालन गरिएको हो । सो तालिम त्यहाँ मात्र नभएर नेपाल भरिनै सञ्चालन गर्न नेपाल सरकारले पनि ध्यान दिन जरुरी भएकोसमेत समितिका अध्यक्ष घिमिरेले बताए । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij