Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

ट्रान्समिटर पड्किँदा केवलकार रोकिएको हो : अभिषेक विक्रम शाह

ट्रान्समिटर पड्किँदा केवलकार रोकिएको हो : अभिषेक विक्रम शाह

  • काठमाडौँ । हाइभोल्टेजका कारण ट्रान्समिटर पड्किँदा चन्द्रागिरी केवलकार मंगलबार दिउँसो १५ मिनेट जति अवरुद्ध भएको चन्द्रागिरी हिल्सका प्रबन्ध निर्देशक अभिषेक विक्रम शाहले जानकारी दिएका छन् । उनले बाहिर सञ्चारमाध्यममा आएको जस्तो केवलकारमा कुनै खराबी नभएको र केवल कार पूर्ण सुरक्षित भएको तर, अचानक ट्रान्समिटर पड्किँदा उक्त समस्या आएको आनलाइन पत्रिकालाई बताए । 

    images
    images
    images

    केवलकार रोकिँदा ३६ जना यात्रुसहित आफू पनि त्यही रहेको साहले बताए । मंगलबार दिउँसो २ बजे चलिरहेको केवलकार अचानक रोकिएको थियो । केवलकार रोकिएपछि प्रहरीलाई खबर गरिएको थियो । केवलकार रोकिएपछि उद्धारका लागि थानकोटस्थित महानगरीय प्रहरी वृत्तका प्रहरीलाई बोलाइएको साहले बताए । उनले केही समय केवलकार रोकिएपछि पुनःसुरु भएको बताए ।

    images

    उनले केवकार पूर्ण सुरक्षीत रहेको बताएका छन् । केही प्राविधिक समस्याको कारण केवलकार रोकिएको तर बाहिर असुरक्षीत रहेको भन्ने हल्ला भएको भन्दै उनले केवलकार पूर्ण सुरक्षीत र यात्रुहरुको सुरक्षामा चन्द्रागिरी हिल्स सचेत रहेको बताए । उनले चन्द्रागिरी आउनेहरुलाई ढुक्क भएर आउन पनि आग्रह गरेका छन् । चन्द्रागिरी हिल्स पछिल्लो समय काठमाडौँको प्रमुख धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमामा विकास भएको छ । 

    चन्द्रागिरीको चुचुरोमा भालेश्वर महादेव मन्दिर रहेको छ । उक्त मन्दिरमा दर्शन गर्न पाउने र उक्त स्थानबाट काठमाडौँको सबै स्थानहरु अवलोकन गर्न पाउने भएको कारण पनि धेरै मानिसहरु घुम्न र मन्दिरको दर्शन गर्न चन्द्रागिरी जाने गर्दछ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij