Logo

May 19 2025 | २०८२, जेठ ५ गते

May 19 2025 | २०८२, जेठ ५ गते

दिल्लीमा हरेक दिन दुईवटा उडान

दिल्लीमा हरेक दिन दुईवटा उडान


  • काठामाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेले दिल्लीमा हरेक दिन दुईवटा उडान हुने बताएका छन् । 

    images
    images
    images

    बुधवार नाटाले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री आलेले यसो बताएका हुन् । उनले बैंककमा हप्तामा दुई वटा र साउदी अरेबियाको रियादमा हप्तामा तीनवटा उडान भर्ने गरी अगाडी बढेको जानकारी दिए । 

    images

    मन्त्री आलेले मार्च २१ गतेदेखि मुम्बईमा हप्ताको तीनवटा र मार्च २५ देखि बैङ्लोरमा पनि हप्तामा तिनवटा उडान भरिएको बताए । 

    नेपाल एयरलाइन्सको जहाजले २१ मार्च देखि मुम्बईमा ३ वटा उडान हप्तामा हुने, त्यस्तै २५ मार्च देखि बैङ्लोरमा हप्तामा ३ वटा फ्लाइट गर्ने, १ अप्रिलबाट जापानको नारितामा दुईवटा उडान भर्ने मन्त्री आलेले बताए । 

    यस्तै दिल्लीमा हरेक दिन दुईवटा फ्लाइट हुनेगरी हप्तामा १४ वटा फ्लाइट गरिरहेको पनि मन्त्री आलेले बताए । 

    त्यस्तै बैंकक हप्तामा दुईवटा,  अनि दुबई, दोहा, हङकङ नियमित भइरहेको उनले जानकारी गराउन गराउँदै यही १५ अप्रिल साउदी अरेबियाको रियादमा पनि हप्तामा तीनवटा उडान भर्नेगरी अगाडी बढेको मन्त्री आलेले बताए ।

    पहिले ४ देखि ५ घण्टा उडान भर्ने जहाजले हाल १० देखि १३ घण्टासम्म उडान भर्ने गरेको उनले उल्लेख गर्दै, उनले मन्त्रालय सम्हालेदेखि ग्राउन्डेड भएर बसेका जहाजहरुलाई अधिकतम समय आकाशमा उडाउने काम भएको बताए ।  

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij