
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । काठमाडौंमा बुधबार बिहान क्षणिक वर्षा भएको छ । आकाश तुवाँलोले ढाकी रहेको अवस्थामा बुधबार बिहान काठमाडौंमा क्षणिक वर्षा भएको हो। केहीदिन यता काठमाडौंमा प्रदूषण पनि ह्वात्तै बढेको छ। तर, बिहान वर्षा हुँदा राहत महसुस गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव नेपालमा रहेको छ। दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। बिहीबार प्रदेश १, मधेस, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने आँकलन गरिएको छ। ती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij