
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठामाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेश सिलवालको कार्यसम्पादनको फाइल मगाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
राखेपको सदस्य सचिवको नयाँ नियुक्त र पदमुक्त सम्बन्धि परेको रिटको सुनुवाई गर्दै न्यायाधीश हरिकृष्ण कार्की र टंकबहादुर मोक्तानको इजलाशले सरकारद्वारा मुल्यांकन गरिएको सिलवालको कार्यसम्पादनको फाइल मगाउने आदेश दिएको जनाइएको छ ।
सरकारले सिलवाललाई गत कात्तिक १ गते पदमुक्त गरेको थियो । त्यसपछि सरकारले गत मंसिर १३ गते टंकलाल घिसिङलाई नयाँ सदस्य सचिव नियुक्त गरेको थियो । त्यसपछि सिलवालले मन्त्री परिषद्को निर्णयविरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए ।
सरकाले तत्कालिन सदस्य–सचिव सिलवालले कार्यसम्पादन गर्न नसकेको आरोपसहित पदमुक्त गरेको थियो । मंगलबार सिलवाल पक्षका वकिलहरूले बहस गरेका थिए भने सर्वाेच्चले थप बहका लागि चैत २२ गतेका लागि डाकेको जाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij