
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । नेपाल आयल निगमले आइतबार पनि सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ ।
निगमले मन्त्रालयलाई १० बुँदामा लिखित माग बुझाउँदै सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने गरी थप एक दिन बिदा दिन प्रस्ताव गरेको हो ।
निगमले लेखेको पत्रमा पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन माग पनि गरिएको छ । पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ मूल्य कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न निगमले सरकारसँग माग गरेको छ ।
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार इन्धन मूल्य वृद्धिको मारबाट निगमलाई जोगाउन यस्तो उपायमा विचार गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गरिएको हो ।
प्रवक्ता उपाध्यायले अत्यवश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न तथा आइतबार पनि सार्वजनिक बिदा दिन आग्रह गरिएको बताए ।
यस्तै इन्धन खरिदको भुक्तानी गर्न निगमलाई आवश्यक पर्ने थप रकम जोहोको व्यवस्था गर्न, बढेर आएकै मूल्य बराबरमा मूल्य बढाउनु पाउनु पर्ने तथा सबै प्रकारका सवारी साधनहरुलाई पूर्ण क्षमतामा सञ्चालन गर्न दिने व्यवस्था गर्न पनि माग गरिएको जनाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij