Logo

Jun 21 2025 | २०८२, असार ७ गते

Jun 21 2025 | २०८२, असार ७ गते

६ जना एसपीको काज सरुवा (नामावली)

६ जना एसपीको काज सरुवा (नामावली)

  • काठमाडौं। निर्वाचन आयोगले आगामी बैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकृतहरुको सरुवा तथा जिम्मेवारी हरेफेर गरेको छ । प्रहरी प्रधान कार्यालयले डिएसपी र एसपीहरुको जिम्मेवारी हेरफेर गरेको हो । 

    images
    images
    images

    ३६ जना डिएसपीहरुको सरुवा गरेको प्रधान कार्यालयले ६ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ।

    images

    प्रहरी प्रधान कार्यालयले मोरङ, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी जिल्लासहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र गण्डकी प्रदेश सशस्त्र गण मुख्यालय, पोखरामा काजमा एसपी पठाएको हो।

    मोरङमा शान्तिराज कोइराला, सिन्धुपाल्चोकमा रामेशवरप्रसाद यादव, पश्चिम नवलपरासीमा काँशीराम कंडेल, अख्तियारमा राजन अधिकारी, रानीपोखरीमा जनार्दन जिसी र गण्डकीको सशस्त्र प्रहरी गण मुख्यालयमा मनोजकुमार यादवलाई पठाइएको छ।

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij