
Jun 21 2025 | २०८२, असार ७ गते
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाल प्रहरीका ३६ प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सोमबार साँझ डीएसपीहरूको सरुवा गरेका हुन्।
सरुवा सूची अनुसार इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा ज्ञानकुमार महतो, इलाका प्रहरी कार्यालय, दमकमा दिलिपकुमार गिरी र इलाका प्रहरी कार्यालय अनारमनीमा रुँगमबहादुर कुँवर पठाइएका छन्।
इलाका प्रहरी कार्यालय, पथरीमा वेदप्रसाद गौतम, महानगरीय प्रहरी वृत्त, जनसेवामा शालिकग्राम शर्मा र महानगरीय प्रहरी वृत्त, ठिमीमा हनिनन्दन चौधरी पठाइएका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij